काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले यस वर्षको गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१ प्रतिष्ठित साहित्यकार प्रा. डा. वासुदेव त्रिपाठी तथा विजय चालिसे लाई अर्पण गर्ने घोषणा गरेको छ।
नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिमा पुर्याएको राष्ट्रिय योगदानलाई कदर गर्दै यी दुई विशिष्ट स्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेको हो। पुरस्कार छनोट समिति साहित्यकार गोविन्दप्रसाद घिमिरे ुवेदमणिु तथा बाजुराम पौडेल को सिफारिसमा पुरस्कृत व्यक्तित्वहरूको नाम घोषणा गरिएको हो।
गोकर्णेश्वर नगर साहित्य पुरस्कार तथा सम्मान समारोह २०८१ चैत्र २२ गते ९शुक्रबार० दिउँसो १ बजे त्रिवेणी ब्याङ्क्वेट, गोकर्णेश्वर ८, बेँसीगाउँ, काठमाडौं मा आयोजना हुनेछ। पुरस्कृत साहित्यकारहरूलाई दोसल्ला, अभिनन्दन पत्र, फूलमाला सहित जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
यस अवसरमा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रकाशित तीन बृहत् ग्रन्थहरूको लोकार्पण समेत गरिनेछ। गत वर्ष प्रा। डा। ऋषिराम पोखरेल र वरिष्ठ कवि तथा गीतकार कञ्चन पुडासैनी लाई गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८० द्वारा सम्मान गरिएको थियो।
गोकर्णेश्वर नगरपालिका शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति, पूर्वाधार विकास तथा खेलकुद लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।



