
काठमाडौँ। नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ। बिहीबार विभिन्न सञ्चार माध्यमहरूमा ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा समाचारहरू प्रकाशन भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईं हालसम्म पक्राउ नपरेको जानकारी दिएका हुन्।
, ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। विभिन्न अपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं।’प्रहरीको विज्ञप्तिमा भनिएको छ
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनपछि प्रसाईं फरार छन्। सो आन्दोलनका कमान्डर उनलाई प्रहरीले खोजी गरिरहेको छ।