काठमाडौं।  महानगरपालिका–६ कपन तेन्जिङचोकस्थित आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ घर भएकी १८ वर्षीया मुमेन तामाङको आगलागीमा परेर मृत्यु भएको छ ।
तामाङ तेन्जिङचोक स्थित राजेश चन्द्र गिरीको घरमा डेरा गरेर बस्ने गरेकी थिइन् । बुधबार साँझ करिब साढे ५ बजेको समयमा उनको कोठामा आगलागी भएको थियो । लगत्तै उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि चाबहीलस्थित ओम अस्पताल पुर्‍याएको थियो । उपचारको क्रममा तामाङ मृत्यु भएको छ ।
उक्त घरमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । आगलागीको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।